नेपाल फाइनान्सको खुद नाफामा ८७.२५ प्रतिशतकाे गिरावट

नेपाल फाइनान्सको खुद नाफामा ८७.२५ प्रतिशतकाे गिरावट


काठमाडौं– नेपाल फाइनान्सकाे चालु आर्थिक वर्ष २०८०/८१ काे तेस्रो त्रैमासमा खुद नाफा १३ लाख १८ रूपैयाँमा खुम्चिएकाे छ। गत आर्थिक वर्षको यही अवधिमा फाइनान्सले १ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । जुन गत वर्षको यसै अवधिको तुलनामा ८७.२५५ प्रतिशतले कम हो।

यस वर्ष कम्पनीको खुद नाफामा गत वर्षको तुलनामा भारी गिरावट देखिएको हो। खुद ब्याज आम्दानी गत वर्षको तुलनामा १३.२८५ ले वृद्धि हुँदै ७ करोड ५९ लाख रुपैयाँ पुगेपनि इम्पेयरमेन्ट चार्ज बढेपछि खुद नाफा प्रभावित भएको हो । चैत मसान्तसम्ममा इम्पेयरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँ रहेको छ ।

नेपाल फाइनान्सको खराब कर्जा दर १३.१६५ विन्दुबाट घटेर ९.२४५ मा झरेको छ। हाल यसको चुक्ता पुँजी ७२ करोड ९४ लाख ९६ हजार रुपैयाँ रहेको छ।

जगेडा कोषमा ४२ करोड ३९ लाख रुपैयाँ जम्मा रहेको छ। वितरणयोग्य नाफा २२ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ। यसको इपीएस १.८९ रुपैयाँबाट घटेर ०.२४ रुपैयाँमा सीमित भएको छ। प्रतिशेयर नेटवर्थ भने १३४.८३ रुपैयाँ रहेको छ।