प्रिमियममा आइपीओ निष्कासन गर्दै प्रभु केवलकार एण्ड टुरिजम

 प्रिमियममा आइपीओ निष्कासन गर्दै प्रभु केवलकार एण्ड टुरिजम


काठमाडौं–  प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धक आवश्यक भएकाले योग्य बिक्री प्रबन्धक कम्पनीहरूबाट सिलबन्दी बोलपत्र माग गरेको छ।

वैशाख ४ गते सूचना जारी गर्दै कम्पनीले ४५ दिनभित्र सिलबन्दी बोलपत्र पेस गर्न आह्वान गरेको हो। नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आर्थिक वर्ष ०७९ /८० को कर चुक्ता भएको कम्पनी हुनुपर्ने शर्त कम्पनीले राखेको छ।

कम्पनीले प्रिमियम मूल्यमा ३० लाख कित्ता आईपीओ निष्कासन गर्ने जनाएकाे छ ।