काठमाडौं–दुग्ध विकास संस्थान (डिडिसी) ले दरखास्त आह्रान गरेको छ। डिडिसीले बुधबार एक सूचना जारी गर्दै २१ दिनको म्याद राख्दै महाप्रबन्धक पदका लागि दरखास्त आह्रान गरेको हाे।
महाप्रबन्धक पदका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारकी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका २०७६ (संशोधन सहित) को दफा ३ को उपदफा २ (ग) बमोजिमको शैक्षिक योग्यता हासिल गरी कुनै संस्था वा निकायमा अधिकृतस्तर र व्यवस्थापनको हैसियतले कम्तीमा दस वर्ष काम गरेको हुनुपर्ने योग्यता तोकिएको छ।
दरखास्त दिने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६० वर्ष ननाघेको हुनु पर्नेछ। योग्यता पुगेका नेपाली नागरिकहरूले कृषि तथा पशुपक्षी मन्त्रालय सिंहदरबारको कर्मचारी प्रशासन शाखामा गोप्य सिलबन्दी आवेदन दिनुपर्ने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया