१५ कम्पनीहरुलाई कर बुझाउन राजस्व विभागको निर्देशन

१५ कम्पनीहरुलाई कर बुझाउन राजस्व विभागको निर्देशन


काठमाडौं– आन्तरिक राजस्व विभागअन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालय बबरमहलले विभिन्न १५ कम्पनीहरुलाई कर बक्यौता रकम बुझाउन निर्देशन दिएको छ ।

एक सूचना जारी गर्दै कार्यालयले कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, लालिगुराँस बहुउद्देश्यीय सहकारी, शिखरदीप बहुउद्देश्यीय सहकारी, क्यापिटल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, डिभाइन स्ट्रिम नेटवर्क, श्रीराम सुगर मिल्स, आयोकी फेब्रिकोन नेपाल, मोतिदान कन्स्ट्रक्सन सेवा, रोल्पा सिमेन्ट प्रालि, भूमि इन्फ्रास्ट्रक्चर प्रालि, लोकेन्द्र इन्टरप्राइजेज, अरनिको सिमेन्ट इन्डस्ट्रिज, खानीखोला इन्टरप्राइजेज, त्रिपुरेश्वर कन्डक्टर उद्योग र बराह डिपार्टमेन्ट स्टोरलाई निर्देशन दिएको हो ।

कार्यालयले कर बुझाउन १५ को समय दिएको छ । १५ दिनभित्र बक्यौता कर नबुझाए कानूनी कारबाहीबाट कर असुल गरिने चेतावनी कार्यालयले दिएको छ ।