नेपाल पुनर्बीमा कम्पनीले लाभांश दिने

नेपाल पुनर्बीमा कम्पनीले लाभांश दिने


काठमाडौं–नेपाल पुनर्बीमा कम्पनी गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको छ।

सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। त्यसमध्ये ४.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभामा उक्त विवरणसहितको प्रतिवेदन पारित गरेपश्चात लाभांश वितरण गर्ने जानकारी दिएको हो ।