मंगलबार सुनको मूल्य १७ सयले बढ्यो, प्रतितोला कति पुग्यो ?

मंगलबार सुनको मूल्य १७ सयले बढ्यो, प्रतितोला कति पुग्यो ?


काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १७ सय रुपैयाँले बढेको हो।

आज छापावाला सुन प्रतितोला १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ रहेको थियो।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदी ३५ रूपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदीकाे प्रतितोला मूल्य १ हजार ७ सय १५ रुपैयाँ थियो।