भोलिदेखि काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने

भोलिदेखि काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने


काठमाडौं – भोलि (बुधबार) देखि काठमाडौंका विभिन्न स्थानमा ६ घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले सूचना निकाल्दै भोलि ५ गतेदेखि ८ गतेसम्म  विद्युत् आपूर्ति अवरुद्ध हुने जनाएको हो। 

स्युचाटारदेखि बालाजु सबस्टेसनसम्म रहेको १३२ केभी भोल्टेजस्तरको प्रसारण लाइनको तारलाई नयाँ तारमा बदली गरी परिवर्तन गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार सो कार्यका लागि बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ। चैत ५ र ८ गते सितापाइला फिडरअन्तर्गका सोल्टी दोबाटो, मुसलमान टोल, ज्योति एकेडेमी, कारखाना चोक क्षेत्रमा ६ घण्टाका लागि विद्युत् आपूर्ति बन्द हुनेछ।