ग्रामीण विकास लघुवित्तका कर्मचारीविरुद्ध १९ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

ग्रामीण विकास लघुवित्तका कर्मचारीविरुद्ध १९ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर


काठमाडौं– ग्रामीण विकास लघुवित्तका कर्मचारीविरुद्ध १९ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ । संस्थाका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीले २०६८/६९ देखि सार्वजनिक पदमा रहँदा रु. १९ लाख २ हजार २३७ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीमाथि मुद्दा दायर गरेको हो ।

अधिकारीमाथि किर्ते (वनावटी) सदस्य बनाई बिना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको साँवा तथाब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको र पशु कर्जा/धितो कर्जा दिँदा कमिशन खाएको भन्ने आरोप अख्तिायरको छ । अख्तिायरले भ्रष्टाचार रकम बराबरको बिगो माग दाबी पनि गरेको हो ।