काठमाडौं–जनउत्थान समुदायिक लघुवित्त वित्तीय कम्पनी लिमिटेडको सञ्चालकमा पाँच जना नियुक्त भएका छन् ।
नियुक्त हुनेमध्ये कम्पनीको अध्यक्षमा संस्थापक समुह तर्फका डा. मान बहादुर बी.के. र सदस्यमा डा. मेग बहादुर बिश्वकर्मा र यज्ञ विक्रम शाही रहेका छन् । यस्तै, सर्वसाधारण समुहबाट हुमा कुमारी कुँवर थापा र गरुराज बरुवाल सदस्यमा नियुक्त भएका छन् ।
कम्पनीको चैत ३० गते सम्पन्न १३औं वार्षिक साधारण सभाले उनीहरुलाई सञ्चालक समितिमा नियुक्त गरेको हो ।
प्रतिक्रिया