शेयर कारोबार बन्द हुने सम्भावना, ब्रोकरको डिस्प्ले स्क्रिन बन्द !

शेयर कारोबार बन्द हुने सम्भावना, ब्रोकरको डिस्प्ले स्क्रिन बन्द !


बैंकिङ्ग समाचार ।

शेयर बजारका लगानीकर्ता संघहरुले केहि दिनको लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयरको कारोबार रोक्न माग गरेका छन् । 

बिहिबार धितोपत्र बोर्ड, नेप्से, ब्रोकर र लगानीकर्ता संघबीच भएको छलफलमा लगानीकर्ताले केहि समयको लागि कारोबार बन्द माग गरेका हुन् । 

अहिले यस विषयमा निर्णय गर्न बोर्ड, नेप्से र ब्रोकरको बैठक जारी छ । लगानीकर्ताहरुले चैत्र मसान्तसम्म कारोबार बन्द माग गरेका छन् । तर बोर्डले भने बोर्डसँग ५ दिनलाई मात्र कारोबार रोक्ने अधिकार रहेको र त्यो भन्दा बढी रोक्नु परे अर्थ मन्त्रालयको स्वीकृति चाहिने जनाएको बैठकमा सहभागी एक नेताले बताए । यस विषयमा बोर्डले आज साँझसम्ममा औपचारिक निर्णय गर्ने बताईएको छ । 

छलफलमा आज बाट नै ब्रोकर हाउसमा देखिने ुडिस्प्ले स्क्रिनु बन्द गर्ने विषयमा समेत छलफल भएको छ । यसमा ब्रोकर समेत सकारात्मक रहेको बताईएको छ । 

 सरकारले कोरोना भाइरस नियन्त्रणको लागि २५ जना भन्दा बढी भेला हुन् नपाउने निर्णय गरेसंगे कारोबार पनि स्थगित गर्नु पर्ने माग उठेको हो । 
\"\"