आठ महिनामा ८ अर्ब ७० करोडले बढ्यो शेयर धितो कर्जा

आठ महिनामा ८ अर्ब ७० करोडले बढ्यो शेयर धितो कर्जा


काठमाडौं – पछिल्लो समय शेयर धितोमा कर्जा लिनेको संख्या बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले शेयर कारोबार बढ्न थालेसँगै कर्जा लिनेको संख्या बढेको देखाएको हो । चालु आर्थिक वर्षको ८ महिनामा शेयर धितो कर्जा ८ अर्ब ७० करोडले बढेको छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म शेयर धितो कर्जा ६७ अर्ब १२ करोड रूपैयाँ प्रवाह भएको केन्द्रिय बैंकको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो कर्जा ५८ अर्ब ४२ करोड प्रवाह भएको थियो ।

त्यसमध्ये सबैभन्दा बढी शेयर धितो कर्जा प्रवाह गर्नेमा नबिल बैंक रहेको छ । बैंकले चालु आर्थिक वर्षको फागुन महिना सम्म ११ अर्ब ७१ करोडको शेयर धितो कर्जा प्रवाह गरेको छ । नेपाल बैंकले ४ अर्ब ९४ करोड, राष्ट्रिय वाणिज्य बेंकले ४ अर्ब १९ करोड, नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब १४ करोड रूपैयाँको शेयर धितो कर्जा प्रवाह गरेको छ ।

साथै, कुमारी बैंकले ४ अर्ब १३ करोड, एनआईसी एशिया बैंकले ४ अर्ब ४१ करोड, हिमालयन बैंकले २ अर्ब २७ करोड, नेपाल एसबीआई बैंकले १२ करोड , एभरेष्ट बैंकले १ अर्ब ९४ करोड, माछापुच्छ्रे बैंकले ४७ करोड, लक्ष्मी बेंकले ३ अर्ब २३ करोड रूपैयाँको सेयर धितो कर्जा प्रवाह गरेको देखिन्छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकले ६ अर्ब ७४ करोड, सिटिजन्स बैंकले ४ अर्ब ३३ करोड, सिद्वार्थ बैंकले ५ अर्ब १८ करोड, एनएमबी बैंकले ९७ करोड, कृषि विकास बेंकले १ अर्ब २४ करोड, प्राइम बैंकले ४ अर्ब १४ करोड, प्रभु बैंकले ३ अर्ब २७ करोड र सानिमा बैंकले १ अर्ब ६० करोड रूपैयाँको शेयर धितो कर्जा प्रवाह गरेको छ ।