राष्ट्रिय बीमा कम्पनीको सीईओको लागि ४ जनाको नाम छनोट

राष्ट्रिय बीमा कम्पनीको सीईओको लागि ४ जनाको नाम छनोट


काठमाडौं– राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि आज ४ जनाको नाम छनोट भएको छ। पदपूर्ति उपसमितिले उक्त नाम छनोट गरेको हो । छनोटमा पर्नेहरुमा सुवास कोईराला, नारायण कुमार भट्टराई, सुरेन्द्र थापा र डा। शिवहरी श्रेष्ठ रहेका छन् । जसमध्ये सुवास कोईराला हाल राष्ट्रिय बीमा कम्पनीका डेपुटी सीईओमा कार्यरत छन् ।

नारायण कुमार भट्टराई तत्कालीन गुराँस लाईफ ईन्स्योरेन्सका पूर्व सीईओ हुन् भने सुरेन्द्र थापा तत्कालीन राष्ट्रिय बीमा संस्थान (हाल राष्ट्रिय जीवन बीमा कम्पनी) का पूर्व सहायक प्रशासक हुन् । त्यस्तै, डा.शिव हरी श्रेष्ठ तत्कालीन बीमा संस्थानका पूर्व सीईओ हुन् ।

नाम छनोटमा पर्नेहरुको अन्तरवार्ता वैशाख १३ गते तोकिएको छ। मसिंर १५ देखि कम्पनी सीईओबिहिन रहेको थियो । यसअघिका तत्कालिन सीईओ शेख बरालले मंसिर १२ गते राजीनामा दिएका थिए। कम्पनीको सीईओकोलागि ९ जनाको आवदेन परेको थियो ।