तीन करोड रुपैयाँमा बेचिएको बुद्धचित्तको रूख अज्ञात समूहद्वारा काटियो

तीन करोड रुपैयाँमा बेचिएको बुद्धचित्तको रूख अज्ञात समूहद्वारा काटियो


काठमाडौं– काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५, सीसाखानीमा अज्ञात समूहले काटेको बुद्धचित्त (बोधिचित्त) मालाको रूख वार्षिक ३ करोड रुपैयाँ लिने गरी बिक्री भइसकेकाे खुलेको छ।

शुक्रबार बिहान करिब १ बजे रुख धनी शेरबहादुर तामाङको बारीमा रहेको बुद्धचित्तको मालाको बोट काटिएको थियो । उक्त दुई/ तीन महिनाअघि मात्र पाँच वर्षका लागि वार्षिक तीन करोड रुपैयाँ दिने गरी सम्झौता भएकाे थियाे।

काभ्रेमा पाइने बुद्धचित्त चीनमा व्यवसायीले खरिद गरेर चीनमा लगेर बिक्री गर्ने गरेका छन्। धार्मिक महत्वको बुद्धचित्त प्रशोधनपछि महँगोमा बिक्री हुने गर्छ।