काठमाडौं– सर्लाहीको एक कवाडी सामान राखिएको गोदामबाट ५३ राउण्ड गोली बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले बिहीबार बिहान मलंगवा नगरपालिका–८ गोरखकालीस्थित कवाडी सामान राखिएको गोदामबाट ५३ राउण्ड गोली बरामद गरेको हो।
कवाडी गोदाममा हात हतियारमा प्रयोग हुने गोली माटो मुनी गाडेर राखेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले स्थानीय जन प्रतिनिधि समेतको रोहवरमा उक्त गोली बरामद गरेको हो। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।





About Us
प्रतिक्रिया