काठमाडौं – समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन्। उनी कम्पनीको व्यवस्थापन समूह तर्फबाट संयोजकमा छनोट भएका हुन् । नेपाल राष्ट्र बैंकले कम्पनीको उक्त पद पूर्तिका लागि फागुन १४ र चैत ७ मा सूचना प्रकाशन गरेको थियो ।
रित पूर्वक दरखास्त परेका मध्येबाट अधिकारी छनोट भएका हुन् । अधिकारी छनाेटमा परेका छन् भने, प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उम्मेदवारमा छनोट भएका छन्।
बैंकले २०८१ बैशाख २ गतेभित्र विभागमा सम्पर्क राख्न अनुराेध गरेकाे छ। साथै ताेकिएकाे मितिभित्र सम्पर्कमा नआएमा योग्यता क्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने केन्द्रीय बैंकले जनाएको छ।
प्रतिक्रिया