५८ हजार रुपैयाँसहित नौ जुवाडे पक्राउ

५८ हजार रुपैयाँसहित नौ जुवाडे पक्राउ


काठमाडौं– नगद ५८ हजार १ सय ९० रूपैयाँ र ३ बुक ताससहित नौ जना जुवाडे पक्राउ परेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका–११ घोडसुवास्थित ग्रिन पिस कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय द्वारीका राना समेत ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।