कृषि कर्जा खेत किन्नेलाई भन्दा पनि खेती गर्नेलाई प्रदान गर्नुपर्छ : अध्यक्ष मल्ल

कृषि कर्जा खेत किन्नेलाई भन्दा पनि खेती गर्नेलाई प्रदान गर्नुपर्छ : अध्यक्ष मल्ल


काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कृषि कर्जा खेत किन्नेलाई भन्दा पनि खेती गर्नेलाई प्रदान गर्न सरकारसँग माग गरेका छन् । मंगलबार काठमाडौंमा भएको नेपाल चेम्बर अफ कमर्सको ७३औँ वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष मल्लले यस्तो माग गरेका हुन् । उनले बैंक तथा वित्तीय संस्थाहरूले कृषि कर्जाका नाममा अहिलेसम्म खेती गर्नेलाई भन्दा पनि खेत किन्नेलाई दिने गरेको भन्दै सरकारले पनि सोहीअनुसार कृषि कर्जा प्रदान गर्नुपर्ने बताए ।

अध्यक्ष मल्लले सरकारले कृषिमा दिँदै आएको सहुलियत कर्जा निरन्तरता दिनु पर्नेमा जोड दिए । उनले भन्सारमा कारोबार मूल्यलाई मान्यता दिई ढड्डाबाट पैसा उठाउने विधि तत्काल खारेज गर्नुपर्ने बताए । उनले सरकारले युवाहरूलाई मुलुकभित्रै रोजगारी दिनेगरी तत्काल रणनीतिक योजना बनाउन आग्रह गरे । उनले आर्थिक गतिविधि बिस्तार र निर्यात प्रवर्द्धनका लागि संसदमा विचाराधीन कानूनहरू यथाशीघ्र संशोधन गरी पारित गर्न माग गरे । उनले नेपालमा काठको आयातलाई बन्द गर्न माग गरे ।