शेयर बजारमा ९ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो

शेयर बजारमा ९ अंकको वृद्धि, कारोबार रकम पनि बढ्यो


काठमाडौं– अघिल्लो साता ओरालो लागेको शेयर बजार यो साता भने सकारात्मक देखिएको छ। आइतबार दोहोरो अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार पनि बढेको छ।

आज नेप्से परिसूचक ९ दशमलव १९ अकंले बढेर २,०३६ को विन्दुमा पुगी बन्द भएकाे हाे। आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै सूर्यज्योति लाइफको शेयर कारोबार भएको छ। आज यस कम्पनीको १८ करोड माथिको शेयर कारोबार भएको छ।

गोर्खाज फाइनान्सको १६ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्स कम्पनीको १५ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै ९ कम्पनीको शेयर मूल्य भने आज स्थिर रहेको छ।