प्रभु बैंकले काठमाडौंमा ट्राफिक आइल्याण्ड र बगैँचा बनाउने 

प्रभु बैंकले काठमाडौंमा ट्राफिक आइल्याण्ड र बगैँचा बनाउने 


बैकिङ्ग समाचार ।

प्रभु बैंकले काठमाडौंमा ट्राफिक आइल्याण्ड, बगैँचा र फाउण्टेन निर्माण गर्ने भएको छ।

मंगलबार प्रभु बैंक र काठमाण्डौंं महानगरपालिकाले सम्झौतात्रमा हस्ताक्षर गर्दै जमल तथा रत्नपार्क-बागबजार स्थित आकाशे पुल मुनिको ट्राफिक आइल्याण्ड र तिनधारा संस्कृत पाठशाला अगाडिको ट्राफिक आइल्याण्डमा हरियाली बगैँचा र फाउण्टेन निर्माण गर्ने, मर्मत गर्ने र रेखदेख गर्ने सम्झौता भएको हो।

महानगरका मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र काठमाण्डौ महानगरपालिकाका सहसचिबश्री राजेश्वर ज्ञवालीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।