रेमिट्यान्समा कोरोनाको असरः ०.५ प्रतिशतले घट्यो !

रेमिट्यान्समा कोरोनाको असरः ०.५ प्रतिशतले घट्यो !


बैकिङ्ग समाचार ।
कोरोनाको असर रेमिट्यान्समा देखिन थालेको छ। नेपाल भित्रिने रेमिट्यान्स ०.५ प्रतिशतले घटेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको यस आर्थिक वर्षको साउनदेखि माघसम्मको वित्तीय विवरण अनुसार रेमिट्यान्स आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा ०.५ प्रतिशतले घटेको हो।

यस्तै साउनदेखि पुससम्म रेमिटयान्स आप्रवाह ०.९ प्रतिशतले बढेको थियो । तर एक महिनाकै अन्तरमा रेमिट्यान्सको आप्रवाह वृद्धिदर घट्न थालेपछि यसमा कोरोनाको प्रतक्ष असर रेमिट्यान्समा परेको बुझिन्छ । 

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा ५ खर्ब १३ अर्ब रेमिट्यान्स भित्रिएको थियो भने यो वर्ष गत वर्षको तुलनामा ०.५ प्रतिशतले कमी हो । गत वर्ष यसै अवधिमा रेमिट्यान्स २८ प्रतिशतले बढेको थियो।