कन्कोर्डिया इन्टरनेशनल स्कूल शाङ्घाईद्वारा डिजिटल ल्याव निर्माण

कन्कोर्डिया इन्टरनेशनल स्कूल शाङ्घाईद्वारा डिजिटल ल्याव निर्माण


काठमाडौं– कन्कोर्डिया इन्टरनेशनल स्कूल शाङ्घाईले इनभिजन एजुकेसनको सहकार्यमा भिजि फाउन्डेसनद्धारा डिजिटल ल्याव निर्माण गरेको छ।

डिजिटलाइजेशनको द्रुत युगमा प्रविधि र डिजिटल शिक्षा विद्यार्थीहरूको पहुँचको लागि महत्वपूर्ण रहेकाले स्थानीय सामुदायिक विद्यालयहरूमा डिजिटल एक्सपोजर ल्याउनु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै कन्कोर्डिया इन्टरनेशनल स्कूल शाङ्घाईबाट इनभिजन एजुकेसन र भिजि फाउन्डेसन परिवर्तनको लागि ल्याव निर्माण गरिएको हो ।

ल्याव निर्माणबाट जस्तोसुकै पृष्ठभूमि भएका विद्यार्थीहरुलाई डिजिटल युगमा फस्टाउने अवसर प्रदान गर्न महत्वपूर्ण कदमको रुपमा प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ । भिजि फाउन्डेसन र इनभिजन एजुकेसनको सहकार्यले नेपालका विद्यार्थीहरूको जीवनमा अर्थपूर्ण परिवर्तन ल्याउन र उज्ज्वल भविष्यको लागि मार्ग निर्देशन पनि गरिरहेको छ ।

शिक्षा क्षेत्रमा भएको प्राविधिक दरारलाई भर्दै दुई उच्च माध्यमिक विद्यालयका विद्यार्थी श्रेयस शर्मा र रुलिन ह्वाङले २०२२ मा एनभिजन एजुकेशनको स्थापना गरेका हुन्।