एटिएम मार्फत आठ अर्ब ८० करोडको कारोबार, एक करोडभन्दा बढी ट्रान्जेक्सन

एटिएम मार्फत आठ अर्ब ८० करोडको कारोबार, एक करोडभन्दा बढी ट्रान्जेक्सन


काठमाडौं– एटिएम मार्फत हुने भुक्तानी रकममा वृद्धि भएको छ । आइतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको आठ महिनामा एटिएम मार्फत रु. ८ अर्ब ८० करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । यस अवधिमा एक करोड ७८ लाख पाँच हजार १४३ पटक ट्रान्जेक्सन भएको केन्द्रिय बैंकको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा एटिएमबाट एक करोड १७ लाख ७ हजार ९५६ पटक ट्रान्जेक्सन भएकोमा रु. ८ अर्ब १७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको थियो ।

यस्तै २०८० को असार मसान्तसम्म एटिएमबाट भएको ट्रान्जेक्सनको संख्या एक करोड १० लाख ४२ हजार ११७ रहेको छ । यो अवधिमा कारोबार भने रु. ७ अर्ब ९४ करोड ५८ लाख रुपैयाँको भएको थियो ।