मोबाइल बैंकिङ्गबाट आठ महिनामा २ खर्ब बढीकाे कारोबार, प्रयोगकर्ता पनि बढे 

मोबाइल बैंकिङ्गबाट आठ महिनामा २ खर्ब बढीकाे कारोबार, प्रयोगकर्ता पनि बढे 


काठमाडौं – पछिल्लो समय दिनानुदिन विद्युतीय भुक्तानीप्रति सर्वसाधारणको मोह बढ्दै गएको देखिन्छ । यसलाई नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको आठ महिनासम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्कले पनि पुष्टि गर्छ । 

विद्युतीय भुक्तानीको कारोबारमा एटिएम, विद्युतीय भुक्तानी प्रणाली, कनेक्ट आइपीएस, मोबाइल बैंकिङ, वालेट, प्रिपेड कार्ड, क्युआर कोडलगायतको प्रयोग बढेको हाे ।

सार्वजनिक तथ्यांकानुसार चालु आर्थिक वर्षको आठ महिनामा मोबाइल बैंकिङ्गमार्फत कूल २ खर्ब ९१ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको देखिन्छ ।

गत वर्ष (२०७९) को असार मसान्तसम्म यस्तो कारोबार १ खर्ब ६३ अर्ब २५ करोड रुपैयाँ बराबरको भएको थियो । कारोबार बढेसँगै मोबाइल  प्रयोगकर्ताहरुको सङ्ख्या २ करोड ३७ लाख ८३ हजार पुगेको छ।