एक लाख अठासी हजार बराबरका समान बरामद

एक लाख अठासी हजार बराबरका समान बरामद


काठमाडौं– प्रहरीले एक लाख अठासी हजार बराबरका समान बरामद गरेको छ । शनिबार दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला सिरहा विष्णुपुर गाउँपालिका वडा ननम्बर २ लक्ष्मिपुर स्थितमा वेवारिसे अवस्थामा बोरामा प्याक गरेको सामानहरु फेला पारी माडर भन्सार कार्यालयमा बुझाएको हो ।

बरामद सामानहरुमा कपडा, जुत्ताचप्पल र कस्मेटिक सामानहरु गरी अंकित मूल्य रु. एक लाख अठासी हजार सात सय बराबरका अन्य सामान रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता नायव प्रहरी उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।