सिराहाको एक मनी ट्रान्सफरबाट हतियार देखाएर साढे १५ लाख लुटियो

सिराहाको एक मनी ट्रान्सफरबाट हतियार देखाएर साढे १५ लाख लुटियो


काठमाडौं– सिराहाको विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरबाट हतियार देखाएर १५ लाख बढी रुपैयाँ लुटिएको छ। आज बिहान ११ बजे मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको साढे १५ लाख रुपैयाँ लुटिएको हो ।

उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक (एसपी) सन्तोष आचार्यले जानकारी दिए ।

एसपी आचार्यका अनुसार सिराहाको ग्लोबल बैंकबाट निकालेर लैजाँदै गरेको १५ लाख ५० हजार रुपैयाँ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका दुई जना नाकाबधारीले पेस्तोल देखाउँदै लुटेका हुन् ।

फरार रहेका लुटेराहरुको खोजीकार्य तथा यस विषयमा थप अनुसन्धान भइरहेको एसपी आचार्यले जानकारी दिए ।