नेपाल पर्यटन बोर्डको सीईओ नियुक्तिको प्रक्रिया सुरु

नेपाल पर्यटन बोर्डको सीईओ नियुक्तिको प्रक्रिया सुरु


काठमाडौं– दुई महिना भन्दा लामो समयदेखि रिक्त रहेको नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गएिको छ । नेपाल पर्यटन बोर्ड सीईओ छनोट उपसमितिले शनिबार एक सूचना प्रकाशित गर्दै १२ दिनभित्र इच्छुक आवेदकबाट आवेदन माग गरेको हो ।

सीईओ छनोट उपसमितिमा नेपाल पर्यटन पर्यटन बोर्डका सञ्चालक सदस्य मिलन देवकोटा, मदन आचार्य र पर्यटन मन्त्रालयका सहसचिव तथा पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बुढासहितको तीन सदस्य छन् ।

उपसमितले बोर्डको कार्यकारी प्रमुख छनोटका लागि आवेदन दिन कम्तीमा स्नातकोत्तर तह उतीर्ण गरेर पर्यटन क्षेत्रमा १० वर्षको अनुभव भएको व्यक्ति हुनुपर्ने व्यवस्था गरेको छ । बोर्डमा दुई महिना अगाडिदेखि खाली रहेको सीईओ नियुक्तिमा पर्यटन मन्त्री र राजनीतिक नेतृत्वकै कारण ढिलो भइरहेको थियो ।