काठमाडौं– साताको पहिलो कारोबारकाे दिन आइतबार सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। आइतबार सुनको मूल्य २ हजार ९ सय रूपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ तोकिएको छ। शुक्रबार छापावाला सुनको मूल्य १ लाख ३२ हजार ७०० रुपैयाँ थियाे।
महासंघका अनुसार आइतबार तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आइतबार चाँदी प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया