थ्रीस्टार हाइड्रोपावरको साधारण सभा वैशाख २३ गते

थ्रीस्टार हाइड्रोपावरको साधारण सभा वैशाख २३ गते


काठमाडौं–थ्रीस्टार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा २०८१ वैशाख २३ गते बस्ने भएको छ।सभामा हकप्रद शेयर निष्कासन प्रस्ताव पेशका साथै सञ्चालक निर्वाचन पनि हुनेछ।सो अनुसार सभाले सर्वसाधारण शेसेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ।सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ।

आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा पनि रहनेछ।कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव पेश गरेको छैन।साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ।तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन्।सभा जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ।