काठमाडौं– नेपाल राष्ट्र बैंकको चैत २० गतेको तथ्यांक अनुसार हाल बैंकिङ्ग प्रणालीमा ६१ खर्ब ०७ अर्ब निक्षेप संकलन भएको छ। चैत १९ गते ६१ खर्ब ९९ अर्ब निक्षेप रहेकोमा एकैदिन ९२ अर्बले निक्षेप घटेको केन्द्रिय बैंकको तथ्यांकले देखाएको छ। सो समयमा वाणिज्य बैंकहरुको निक्षेप ५३ खर्ब ९४ अर्ब रहेको छ भने सोमबार ५४ खर्ब ८५ अर्ब रहेको थियो।
बैंकको तथ्यांकअनुसार गत मंगलबारसम्म कुल कर्जा प्रवाह ५० खर्ब ८८ अर्ब भएको छ। जसमध्ये वाणिज्य बैंकले ४५ खर्ब कर्जा प्रवाह गरेको छ । बैंकको तथ्यांकले १९ गते भने वाणिज्य बैंकले ४५ खर्ब ०१ अर्ब कर्जा प्रवाह भएको देखाएको छ । सो समयमा बैंकहरुको कर्जा निक्षेप–अनुपात (सिडी रेसियो) ८०.८६ कायम भएको छ।
सोमबार ७९.६९ रहेको सिडि रेसियो बिहीबार १.१७ ले बढेर ८०.८६ पुगेको हो । त्यस्तै, केन्द्रीय बैंकको पछिल्लो तथ्यांकले अन्तर बैंक ब्याजदर ३.५३ प्रतिशत रहेको देखाएको छ। सोमबार भने अन्तरबैंक ब्याज २.७५ प्रतिशत रहेको थियो ।
प्रतिक्रिया