धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज डाइभर्ट गरेर पोखरामा अवतरण

धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज डाइभर्ट गरेर पोखरामा अवतरण


काठमाडौं–धनगढीबाट काठमाडौं उडेको श्री एयरलाइन्सको २२२ जहाज पोखरामा डाइभर्ट गरेर अवतरण गरिएको छ । आज बिहान १० बजे धनगढीबाट उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि डाइभर्ट गरेर पोखरा विमानस्थलमा अवतरण गरिएको हो ।

सामान्य प्राविधिक समस्या देखिएकाले पोखरा डाइभर्ट गर्नुपरेको श्री एयरका प्रवक्ता अनिल मानन्धरले जानकारी दिएका छन् । मानन्धरका अनुसार इन्डिकेटरमा समस्या देखिएकाले काठमाडौंमा ल्याएर सुरक्षा खतरा नबढाउन जहाजलाई डाइभर्ट गरी पोखरा अवतरण गरिएको र अहिले जहाज काठमाडौं आएर फेरी नियमित उडानमा गइसेको छ ।