बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती काट्ने प्राधिकरणकाे चेतावनी

बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती काट्ने प्राधिकरणकाे चेतावनी


काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले सडक बत्ती बालेबापत बक्यौता नतिरेका स्थानीय तहको बिजुली काट्ने चेतावनी दिएको छ। प्राधिकरणले एक सूचना निकाल्दै बक्यौता नतिर्ने स्थानीय तहको जुनसुकै बेला बिजुली काट्न सकिने चेतावनी दिएको हो ।

सडक बत्तीको व्यवस्थित उपयोग र सो को महसुल भुक्तानी गर्ने सम्बन्धमा प्राधिकरणले १६ चैतमा एक सूचना प्रकाशित गरेको थियो। जसमा महसुल बुझाउन स्थानीय तहहरूलाई अनुरोध गरिएको थियो ।

केही तहले महसुल बुझाएको भए पनि कतिपय स्थानीय तहबाट बक्यौता नआएको भन्दै प्राधिकरणले शुक्रबार यस्तो चेतावनी दिएको हो।