१३ सयले घट्यो सुनकाे मूल्य, कारोबार रकम कति ?

१३ सयले घट्यो सुनकाे मूल्य, कारोबार रकम कति ?


काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार एक हजार रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ शुक्रबार १ हजार ३०० रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज छापावाला सुनको मूल्य १ लाख ३२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजावी सुन प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदी प्रतितोला १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो।