बीमा प्राधिकरणको सञ्चालकमा रिसाल नियुक्त

बीमा प्राधिकरणको सञ्चालकमा रिसाल नियुक्त


काठमाडौं– नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नारायणप्रसाद रिसाल नियुक्त भएका छन्।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा सहकार्य समन्वय समितिका महाशाखाका प्रमुख समेत रहेका रिसाल प्राधिकरणको सञ्चालक समिति सदस्यमामा नियुक्त भएका हुन् ।

यसअघि अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै सहसचिव भुपाल बराल सञ्चालक समितिका सदस्य थिए।