गाकर्ण फरेष्ट रिसोर्टमा एन आई सी एशिया बैंकका ग्राहकलाई १५ प्रतिशत छुट 

गाकर्ण फरेष्ट रिसोर्टमा एन आई सी एशिया बैंकका ग्राहकलाई १५ प्रतिशत छुट 


बैंकिङ्ग समाचार । 

एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकलाई काठमाडौंस्थित गोकर्ण फरेष्ट रिसोर्टका विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट हुने भएको छ । रिसोर्टसँग औपचारिक सम्झौता गर्दै बैंकले डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकहरुले सो सुविधा लिनसक्ने बैंकले जनाएको छ ।

काठमाडौंमा एक कार्यक्रमबीच बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी रिर्सोटका रुम डिभिजन निर्देशक रोजिन सापकोटाले समझदारीपत्रमा हस्ताक्षर गरे । यो सेवा एक वर्षसम्म लागु हुने बैंकले जनाएको छ ।  

उक्त समझदारी बमोजिम ग्राहकहरुले होटलको फूड एण्ड बेभरेज आउटलेटहरू तथा हार्मोनी स्पा सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशतसम्म छुट पाउने उल्लेख छ । साथै बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ ।

यसैगरी ग्राहक महानुभावहरूले बैंकसँग आबद्ध भएका देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतबाट सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुहुने बैंकले जनाएको छ ।