संकटग्रस्त येस बैंकको शेयर मूल्य ६० प्रतिशतसम्म बढ्यो

संकटग्रस्त येस बैंकको शेयर मूल्य ६० प्रतिशतसम्म बढ्यो


एजेन्सी, भारतीय शेयर बजारमा सोमबार उच्च गिरावट आएको भएपनि संकट ग्रस्त बनेको येस बैंकको शेयर मूल्य भने ६० प्रतिशतसम्म बढेको छ ।

भारतीय शेयर बजारमा कारोबार हुने गत साताको अन्तिम दिन शुक्रबार २५ रुपैयाँ ५५ पैसा भारु रहेको यस बैकको शेयर मूल्य सोमबार ४५.०१ प्रतिशतले वढेर ३७.०५ भारु कायम भएको छ ।

भारतीय शेयर बजारमा कारोबार हुने साताको पहिलो दिन सोमबार येस बैंकको सेयर मूल्य ६० प्रतिशतसम्मले वढेको थियो । तर, कारोबार समय वित्दै जाँदा वढ्ने क्रममा केही कमी आएको हो ।

सरकारले येस बैंकको एक सय कित्ता भन्दा धेरै शेयर राख्ने शेष्रधनीलाइ ३ वर्षको लकइन पिरियड कायम गरेको छ । बैंकको शेयरमा लगानी गर्ने लगानीकर्ताले २५ प्रतिशत शेयर मात्र बिक्री गर्न सक्छन । सोमबार बैंकको शेयर मूल्य प्रति कित्ता ४०.४० भारु पुगेको थियो ।

बैंकले शनिवार आर्थिक वर्ष सन २०१९/२०२० को तेस्रो त्रैमासको विवरण अनुसार १८५६४ करोड भारु नोक्सानी देखाएको छ । एक वर्ष अघि बैंकले एक हजार करोड नाफा गरेको थियो ।

यस बैंकको पुर्नगठन योजना अनुसार ६२०० करोड पुँजी पुर्याउनका  लागि स्टेट बैंक अफ इण्डिया (एसविआई) ले ७२५० करोड, आइसिआइसिआइ बैंकले १००० करोड, एचडिएफसी १००० करोड, एक्सिस बैंकले ६०० करोड, कोटक महिन्द्र बैंकले ५०० करोड, बन्धन बैंकले ३०० करोड, फेडरल बैंक ३०० करोड लगानी गर्ने भएका छन् ।

यस्तै, राधाकिसिन दमानीबाट करोड ५००, राकेश झुनझुनवाला ५०० करोड र अजीम प्रेमजीबाट ५०० करोड गरेर कुल १२४५० करोड भारतीय रुपैयाँ लगानी जुटीसकेको अवस्था छ । यो लगानी मध्ये एसविआई बैंकको २६ प्रतिशत र अन्य लगानीकर्ताको लगानी ३ वर्ष सम्म लकइन पिरियडमा रहने जनाइएको छ ।