एनएमबि बैंकको ५२ हजार बढी कित्ता शेयर बिक्रीमा

एनएमबि बैंकको ५२ हजार बढी कित्ता शेयर बिक्रीमा


काठमाडौं– एनएमबि बैंकले ५२ हजार १७२ कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीहरुको नाममा रहेको सो कित्ता शेयर आजबाट बिक्रीमा राखेको हो ।

यो शेयर विद्यमान संस्थापकका साथै अन्य जोकोही व्यक्ति तथा संस्थाले खरिद गर्न सक्ने बैंकले जनाएको छ । न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको शेयर खरिदका लागि आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति चैत २२ गतेसम्म तोकिएको छ।

शेयर खरिदका लागि काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटलमा बोलपत्र पेस गर्न सकिने बैंकले जनाएको छ ।