सांग्रिला डेभलपमेन्ट बैंकले राख्यो २५ हजार कित्ता शेयर बिक्रीमा

सांग्रिला डेभलपमेन्ट बैंकले राख्यो २५ हजार कित्ता शेयर बिक्रीमा


काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड २५ हजार कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा उक्त कित्ता शेयर बिक्रीमा राखेको हो ।

हाल विद्यमान संस्थापक शेयरधनीका लागि मात्र बिक्रीमा राखिएको शेयरर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

साथै बैंकले तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरे अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने जनाएको छ ।