शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम साढे २ अर्ब

शेयर बजारमा सामान्य वृद्धि, कारोबार रकम साढे २ अर्ब



काठमाडौं,
आज शेयर बजारमा सामान्य वृद्धि भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशमलव ७८ प्रतिशतले बढेर २,०३५ को विन्दुमा भएको छ । हिजो बुधबार शेयर बजारमा १०.८३ अंकको गिरावट आएको हो ।

आज ३१३ कम्पनीको ६६ लाख १४ हजार ४४५ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ६५ करोड ३३ लाख रुपैयाँको शेयर काारेबार भएको छ । आज १२० कम्पनीको शेयर मुल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ ।