एन आई सी एशिया बैंकका ग्राहकलाई हायात होटलमा १५ प्रतिशत छुट

एन आई सी एशिया बैंकका ग्राहकलाई हायात होटलमा १५ प्रतिशत छुट


बैंकिङ्ग समाचार  ।
एन आई सी एशिया बैंकका ग्राहकलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छुट हुने भएको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र होटलका महाप्रबन्धक राजेश रामदासले समझदारीपत्रमा हस्ताक्षर  गरे । यो योजना एक वर्षसम्म लागु हुने बैंकले जनाएको छ ।

उक्त समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरेवापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशतसम्म छुट पाउनेछन् ।  साथै बैंकका कर्मचारीहरूलाई पनि यो योजना लागु हुने बैंकले जनाएको छ । यसैगरी ग्राहकले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंक बताउँछ । 

हालसम्म एन आई एसीया बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखाबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । करिब २१ लाख ग्राहकहरु रहेको उक्त बैंकका वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
 

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले गत आर्थिक वर्षमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।
 

यस्तै वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै  पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।