नेपाल बैंकले न्यूनतम २० करोडको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्दै

नेपाल बैंकले न्यूनतम २० करोडको गैर बैंकिङ्ग सम्पत्ति बिक्री गर्दै


बैंकिङ्ग समाचार । 

नेपाल बैंकले कम्तिमा २० करोड बराबरको गैर बैंकि सम्पत्ति बिक्री गर्ने भएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको घरजग्गाहरु बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको छ।

बैंकले बिक्रीमा राखेको घरजग्गाहरु खरिद गर्न ईच्छुक फर्म वा व्यक्तीले आफुले तिर्ने मूल्य कबुल गरी नेपाल बैकको प्रधान कार्यालयबाट उपलब्ध गराइएको फाराम भरी सम्बन्धित शाखा कार्यालयहरुमा २१ दिन भित्र आवेदन बुझाउन भनेको छ।

बैंकले काठमाडौं उपत्यकाका बालाजु, थानकोट लगायत विभिन्न १२ शाखा कार्यालयहरुको नाममा रहेको गैर बैकिङ सम्पति बिक्री गर्न लागेको हो । बैंकले बिक्री गर्न लागेको गैर बैंकिङ सम्पतिको न्यूनतम मूल्य १९ करोड ३९ लाख ९८ हजार ९०५ रहेको छ ।

खरिदकर्ताले नेपाल बैंकको प्रधान कार्यालय, कर्जा असुलि विभागबाट समेत बोलपत्र फारम बुझाउन सक्ने बैंकले जनाएको छ । बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलिपल्ट कर्जा असुलि विभाग र सम्बन्धित शाखहरुमा बोलपत्र खोलिने बैंकले जनाएको छ।

बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्म १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक प्रतिशेयर आम्दानी २७.५७ रुपैयाँ कायम गरेको छ। पुस मसान्तसम्म बैंकको खराब कर्जा अनुपात २।६६ प्रतिशत छ।