एभरेष्ट बैंकद्धारा टिच फर नेपाललाई सात लाख सहयोग हस्तान्तरण

एभरेष्ट बैंकद्धारा टिच फर नेपाललाई सात लाख सहयोग हस्तान्तरण


बैंकिङ्ग समाचार । 

एभरेष्ट बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत टीच फर नेपाललाई सहयोग पुर्याउन सात लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ ।

बैंकले देशका विपन्न वर्गलाई शिक्षा प्रदान गर्न विभिन्न कल्याणकारी गतिविधिहरू साथै नेपालका विभिन्न सरकारी र सार्वजनिक विद्यालयहरूमा शिक्षा, सरसफाई र खानेपानीलाई सहयोग गरिरहेको छ ।

बैंकले हालसालै शिक्षामा सीएसआरको पहल टिच फर नेपाल उत्कृष्ट विश्वविद्यालय स्नातकहरू र युवा पेशेवरहरूको एक पहल हो जुन नेपालमा शिक्षा असमानता अन्त्य गर्न प्रतिबद्ध छन् जसले सार्वजनिक विद्यालयहरूमा दुई वर्षको फेलोशिप शिक्षणको साथ सुरू गर्दै आइरहेको छ ।

एभरेष्ट बैंकले आफ्नो सरभिस विथ स्माईल नाराका साथ एभरेष्ट बैंक सधै आफ्नो ग्राहकहरुको फाइदा र सन्तुष्टिमा केन्द्रित रहेको बैंकको भनाई छ। हालसम्म बैंकका ९५ शाखाहरु, ३१ राज्वस्व सङ्गकलन काउन्टरहरु र १०३ एटिएम सेवाहरु संचालनमा रहेका छन्।