नेपाल पुनर्बीमाको संस्थापक शेयर खरिद गर्ने मिती लम्बियो

नेपाल पुनर्बीमाको संस्थापक शेयर खरिद गर्ने मिती लम्बियो


काठमाडौं- नेपाल पुनर्बीमा कम्पनीको बिक्रीमा राखिएको शेयरमा खरिद आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले बिक्रीमा राखेको पौने २ लाख बढी कित्ता शेयरमा खरिद आवेदन दिने म्याद थप गरेको हो ।

ग्लोबल आइएमई क्यापिटलको स्वामित्वमा रहेको नेपाल पुनर्बीमाको १ लाख ८७ हजार ४३४ कित्ता संस्थापक शेयरमा खरिद आवेदन दिने म्याद थप गरेको हो । लिलामी प्रक्रियामार्फत बिक्रीमा रहेको सो शेयरमा चैत २२ गतेसम्म बोलपत्र पेस गर्न सकिने क्यापिटलले उल्लेख गरेको छ। पहिलोपटक संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेपछि म्याद थप गरिएको क्यापिटलले जनाएको छ।

बिक्रीमा रहेको सो शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। बोलपत्र काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा पेस गर्न सकिनेछ।