४ व्यवसायीक संस्थाले बैंकबाट लिएको  ऋण तिरेनन्, ६ करोड बढि धितोको जग्गा लिलामी प्रक्रियामा

४ व्यवसायीक संस्थाले बैंकबाट लिएको  ऋण तिरेनन्, ६ करोड बढि धितोको जग्गा लिलामी प्रक्रियामा


बैंकिङ्ग समाचार ।
बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिरेपछि ऋण असुली न्यायाधीकरणले विभिन्न ४ व्यवसायीक संस्थाले धितोमा राखेको जग्गा तथा चल–अचल सम्पत्ति लिलामी पक्रिया सुरु गरेको छ । 

 ऋण असुली न्यायाधीकरणले सोमबार ३५ दिने सार्वजनिक सूचना जारी गर्दै जग्गा लिलामी बिक्री गर्न लागिएको जनाएको हो । न्यायाधीकरणका अनुसार कुल ६ करोड १४ लाख २० हजार रुपैयाँ बराबरको लिलामी गर्न लागिएको हो ।

न्यायधीकरणका अनुसार साविक नेशनल फाइनान्स हाल सनराइज बैंकबाट ऋण लिइ किरण गार्मेन्ट इन्डष्ट्रिजको ९३ लाख ७१ हजार २५० रुपैयाँ, नेपाल बैंक लिमिटेडबाट ऋण लिएको डीके इन्टरप्राइजेजको १ करोड २२ लाख ९२ हजार ५०० रुपैयाँ बराबरको जग्गा लिलामी गर्न लागेको हो ।

यस्तै, नेपाल बैंक लिमिटेडबाटै डीसी ट्रेडिङ प्रालिको १ करोड ९३ लाख ६० हजार रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिएको राजकार इन्टर ट्रेड कन्सर्नको २ करोड ३ लाख ९६ हजार २५० रुपैयाँ बराबरको जग्गा लिलामी गर्न लागिएको हो ।

न्यायधीकरणले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इच्छुक व्यक्ति वा संगठित संस्था वा कम्पनीले आफूले खरिद गर्न चाहेको मूल्यमा सिलबन्दी बोलपत्र पेश गर्न निर्देशन दिएको छ ।