नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम २ अर्बमा सीमित

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम २ अर्बमा सीमित


काठमाडौं– लगातार तीन दिन बन्द रहेको शेयर बजार सोमबार खुल्दा निराशाजनक देखिएको छ । आज नेप्से परिसूचक १७.०१ अंकले घटेर २,०३१ को विन्दुमा पुगी बन्द भएको छ ।

नेप्से घटेसँगै आज कारोबार रकमको आकार पनि खुम्चिएको छ । आज ३०४ कम्पनीको ७० लाख ६१ हजार १२ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम २ अर्ब ४८ करोड ९१ लाख १८ हजार ४८५ रुपैयाँ छ ।

यस्तै आज जम्मा ३८ कम्पनी मात्र नाफामा गएका छन् भने २०३ कम्पनी घाटामा छन् । आज स्थिर कारोबार भएका कम्पनी ३ छन् ।