महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा सूचना बोर्ड जडान

महालक्ष्मी विकास बैंकद्वारा महानगरीय प्रहरी अपराध महाशाखामा सूचना बोर्ड जडान


बैंकिङ्ग समाचार ।

महालक्ष्मीविकास बैंकले आइतबार महानगरीय प्रहरी अपराधमहाशाखा टेकुमा पी४ एलईडी सूचना बोर्ड जडान गरेको छ ।

उक्त उपकरण एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक सहकुल थापालाई हस्तान्तरण गरे ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुहुँदै आवतजावत गर्ने सर्वसाधारणलाई विभिन्न प्रहरी सूचना तथा प्रहरी गतिविधि सम्प्रेषण गरी आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न सहयोग गर्ने उद्देश्यसहित बैंकले उक्त उपकरण जडान गरेको हो ।

देशका १०२ वटा शाखाबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनमा संगठनसँग समन्वय गरी अपराध नियन्त्रण गर्न सहयोग गर्ने जनाएको छ ।