एनआईसी एशियाको ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ योजना

एनआईसी एशियाको ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ योजना


बैंकिङ्ग समाचार ।

एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङमा रहेको क्यूआर कोड स्क्यान गरी कारोबार गर्ने ग्राहकलाई लक्षित गरी ‘जति धेरै स्क्यान र पे, त्यति धेरै पैसा’ अन्तर्गत नगद उपहार योजना ल्याएको छ ।

यो योजना अवधिभर मर्चेन्टहरूले १५ हजार रुपैयाँसम्म र ग्राहक महानुभावहरूले १ हजार ५ सय रुपैयाँसम्म नगद प्राप्त गर्ने बैंकले जनाएको छ । साथै, लक्की ड्र मार्फत पाँच जना भाग्यमानी मर्चेन्टहरूले एक वर्षको लागि निःशुल्क इन्टरनेट प्याकेज प्राप्त गर्ने जनाइएको छ । 

योजनाअन्तर्गत ग्राहक तथा मर्चेन्टहरूले २०७६ चैत १ देखि एक महिनासम्म मोबाइल बैंकिङमार्फत कारोबार गर्नुपर्ने बैंकको सर्त छ । एनआईसी एशिया बैंकले विभिन्न नगद फिर्तासम्बन्धी अफरहरू नियमित रूपमा ल्याइरहेको छ ।

प्रत्येक शुक्रबार बेलुकी ८ बजे देखि शनिबार बिहान ८ बजेसम्म सञ्चालित ‘ह्याप्पी आवर’ मा मोबाइल बैंकिङ सेवा प्रयोग गरी ५ प्रतिशत वा १०० रुपैयाँसम्म नगद फिर्ता, पहिलोपटक विजुलीको बिल भुक्तानी गर्दा ५ प्रतिशत वा १,००० रुपैयाँसम्म छुट, प्रत्येक बुधबार केएफसी तथा पिज्जा हटमा १० प्रतिशत नगद फिर्ता, प्रत्येक बुधबार दराज अनलाइनबाट सामान खरिदमा १० प्रतिशत वा ५०० रुपैयाँसम्म छुट, सोनी ब्राभिया टेलिभिजन खरिद गर्दा १० प्रतिशत वा २,००० रुपैयाँसम्म छुट, ‘जति धेरै कारोबार, त्यति धेरै उपहार’ योजना अन्तर्गत मोबाइल बैंकिङ प्रयोग गरी भाग्यमानी ग्राहक महानुभावहरूले १,००० रुपैयाँसम्मको नगद उपहारलगायत विभिन्न योजनाहरू बैंकले सञ्चालन गरिरहेको जनाएको छ ।