नेप्सेमा दोहोरो अंकको गिरावट

नेप्सेमा दोहोरो अंकको गिरावट


काठमाडौं– साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १५.३७ अंकले घट्दै २,०४८ को विन्दुमा पुगी बन्द भएको हो ।

यस्तै आज ३१५ कम्पनीको १ करोड ८५ लाख ५२ हजार ७०५ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम ४ अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँ पुगेको छ । आज ४९ कम्पनी नाफामा जाँदा १८७ कम्पनी घाटामा गएका छन् । आज ८ कम्पनीको कारोबार भने स्थिर छ ।