अब वडा वडामा बैंकका शाखा !

अब वडा वडामा बैंकका शाखा !


बैंकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकका बरिष्ठ डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले अब ७५३ स्थानीय तहका हरेक वडामा बैंकका शाखा खोल्ने बताएका छन् । नेपालीहरुले अब विदेशको हावापानी र वातारवरण बुझिसकेको र नेमालमै बसेर केही गरौं भन्नेहरुको जमात बढेका कारण बैंक दिने कर्जा पनि बढ्दै गएको बताए ।

नेपाल राष्ट्र बैंकको गर्भनर पदका मुख्य दावेदार मानिएका उनले अब नेपालले वित्तिय पहुँच र वित्तिय समावेशीताका विषयमा ध्यान दिनुपर्ने बताए । बैंकिङ्ग समाचारसँग कुरा गर्दै उनले हाल नेपालमा ६१ प्रतिशत जनमानसमा बैंकिङ्ग पहुँच पुगेको जानकारी दिए । उनले भने, ‘माइक्रो फाइनान्स र सहकारीमा कारोबार गर्नेहरुको संख्या समेत जोड्ने हो भने ६१ प्रतिशत भनेको निकै धेरैमा बैंकिङ्ग पहुँच पुगेको मान्न सकिन्छ ।’

मानिसहरु पछिल्लो समय विदेश जाने प्रवृत्तिमा भन्दा स्वदेशमै केही गरौ भन्ने उद्यमी बनौं पौरखी बनौं भन्नेतर्फ बढि लागेको बताउँदै उनले भने, ‘ अब मानिसहरुले स्वदेशमै केही गरौं भनिसकेपछि कर्जा त बैंकले दिनुपर्छ । त्यसैले बैंकिङ्ग सेवा अब प्रतेक वडा वडामा चाहिने देखिन्छ । यसले हाम्रो मुलुकले कल्पना गरेको अर्थतन्त्रको स्थापना गर्ने कुरामा केही हदसम्म जोड हुने देखिन्छ ।’

अहिले ७५३ वटा स्थानीय तहमध्य ७४५ वटामा मात्रै बैंकका शाखा पुगेका छन् । बाँकि स्थानीय तहमा कहिले पुग्छन्  ? भन्ने प्रश्नमा उनले अहिलेको लागि अब हामीलाई मोटामोटी पुगेको उनी बताउँछन् । ३ ४ महिना हिँउ पर्ने ठाउँमा बैंक शाखा खोलेर काम नहुने बताउँदै उनले भने ‘ अब मोटामोटी हाम्रो पुगेकै हो ।कुनै पालिकामा भने केन्द्रको कुरा नमिलेर कता शाखा खोल्ने भनेर बैंकहरु अन्यौल्मा परेको अवस्था पनि छ ।’