नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


बैंकिङ्ग समाचार ।

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको  लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  कम्पनीले ७१ औं वार्षिक साधारण सभाको लागि चैत ४ गते बुक क्लोज तोकेको हो  । चैत ३ गते आजसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् । 

कम्पनीले चैत्र २१ गते शुक्रबार बिहान ११ बजे सिनामंगल को एयरपोर्टको होटेलमा सभा आह्वान गरेको छ ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २.८९ प्रतिशत नगद लाभांश  वितरण अग्रने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

सभामा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गर्ने, सामुहिक लगानी कोष योजना संचालन गर्ने गरी  उदेश्य थप गर्ने लगायतका प्रस्ताव पेश हुनेछन् ।