नेपाल एसबिआई बैंक र फोन पेबीच सम्झौता

नेपाल एसबिआई बैंक र फोन पेबीच सम्झौता


बैंकिङ्ग समाचार ।

नेपाल एसबिआई बैंक र फोन पे पेमेन्ट सर्भिसबीच क्यूआर मर्चेन्ट एक्युजिसन सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा एसबिआई बैंकको तर्फबाट प्रमूख संचालन अधिकृत शुमकान्त कानुङ्गो र फोन पे पेमेन्टका तर्फबाट प्रमूख कार्यकारी अधिकृत अदवैत रत्न तुलाधरले हस्ताक्षर गरे । 

उक्त सेवा अन्तर्गत बैंकबाट क्यूआर मर्चेन्टको लागि आवेदन दिने र क्यूआर प्राप्त गर्न सकिने तथा फोन पे नेटवर्कमा आवद्ध रहेका अन्य बैंकहरुको मोबाइल बैंकिङ्ग प्रणाली अन्तर्गत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।